उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?


स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।