उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रति तोला एक लाख २ हजार ६ सय कायम


सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार बिहीबारका लागि प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपनि स्थानीय बजारमा बिहीबार स्थिर छ। बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रति तोला एक हजार २ सय ७० रुपैयाँ कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ। बिहीबार सुन प्रतिऔंस १८३४.२१ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतिऔंस १८३१ ३४ डलर थियो।

चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतिऔंस २१.०९ डलर रहेको चाँदी बिहीबार घट्दै २०.९५ डलरमा आइपुगेको छ।