उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

आज फेरि बढ्यो सुन-चाँदीको भाउ, कति पुग्यो तोलाको?


आइतबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। 

शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलर छ।