उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

प्रतितोला आठ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?


शुक्रबार छापावाला सुनको मूल्य आठ सय रुपैयाँ बढेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ। 
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्ला दुई दिन घटेको सुनको मूल्य शुक्रबार बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबर भएकोमा बुधबार भने प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख एक एक हजार रुपैयाँमा कारोबार भएको थियो।

संघका अनुसार शुक्रबार चादीको मूल्य पाँच रुपैयाँले घटेको छ। बिहीबार एक हजार २२५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक हजार २२० रुपैयाँमा किनबेच भएको छ।