उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

लगातार बढ्दै सुन-चाँदीको भाउ


सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ पुगेको छ। 

अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर आज १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

 

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।