उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

बजार अनुगमननियमित गर


गत बैशाख १२गतेको महाभूकम्पपश्चातबजारमागलतनियतले आफ्नोव्यापार व्यवसाय संचालनगर्ने व्यपारीहरुको गतिविधि संविधान घोषणापश्चात पनि रोकिएको छैन । बजारमामुल्य सुचिनहुने । व्यवसायीदर्ता नहुने म्याद सकिएका र सकिनलागेको खाद्यय बस्तुहरु खुलमखुलाविक्रीवितरण हुनेउपभोक्ताको अनुहार हेरेर बस्तुको मुल्यनिर्धारण हुेबजारमा दैनिकअत्यावश्यकखाद्य बस्तुबाहेक लत्ताकपडा, जुत्ता मेशिनरी औजार, ÷पार्टस लगायत सम्पूर्ण बस्तु र सेवामाप्रभावकारी अनुगमनहुननसक्दाबजार गएकाआमउपभोक्ताहरु घर फर्कदा आफु लुटिएको महशुस गर्दै घर फर्कनु परेको छ । विडम्वना गतअसोज ३ गते जारी भएको नेपालको संविधान २०७२ ले मौलिकहकको रुपमाउपभोक्ताको अधिकारलाई समेटेपनि तराइमाभएको लामो आन्दोलन र भारतको अघोषित नाकाबन्दीपश्चातसम्पूर्ण आपूर्ती व्यवस्थाअसहजभयो । विभिन्नकार्यक्रमहरुमानिजि क्षेत्रको तर्फबाट एवं सरकारी अधिकारीहरुबाट राजधानीलगाएतआसपासका क्षेत्रहरुलाई जस्तोसुकै किसिमको समस्याआइपरेपनि ६ महिनाको लागिपुग्ने दाल, चामल, तेन, नुन गेडागुडी एवं अन्यअत्याबश्यक बस्तुहरु भण्डार गरिएको छ भन्ने पतिबद्धता आएपनियहीभित्रभएको स्टकको मुल्यबृद्धि एवं कृतिम अभावसिर्जना गराई बजारमा अनेक हल्लाएवं भ्रमहरु फैलाई उपभोक्तालाई लुट्ने कामहुँदापनि सरकार उपभोक्ताहित र बजार अनुगमनकालागि गठित उपभोक्ता संरक्षण परिषद् विभिन्न समितिहरु कानमा तेलहालेर बसेको अवस्था छ । केन्द्रीयअनुगमन समिति,जिल्लाअनुगमन समितिहरु पनिथाहानपाएको जस्तो गरेर बसेको अवस्था छ । ग्यासमाकालोबजारी भएको छ । उपभोक्ताको घरमाग्यास छैन तर होटल, रेष्टुरेण्टमा पाइन्छ । सरकारी अनुगमनफितलो हुँदात्यसको फाइदागलतकामगर्ने व्यक्तिहरुले उठाइरहेका छन् । उपभोक्ताहित र बजार अनुगमनकालागि राज्यको छुट्टै संयन्त्रनहुँदाबजार सरकारको नियन्त्रण र उपभोक्ताको पहुँचबाट बाहिर गएको छ । तराई बन्दको बहानामा सम्पूर्ण खाद्य बस्तुहरुको कृतिम अभावएवं अस्वभाविक मुल्य बृद्धि भएको छ  । कानुनले २० प्रतिशतभन्दा बढी मुनाफालिएकालोबजार तथाअन्य सामाजिकअपराध ऐन २०३२ बमोजिमकारबाही हुन्छ भनेपनि एउटै बस्तुमा १०० प्रतिशतभन्दा बढी मुल्यअसुलगरिएरहेको अवस्था छ । आम संचार माध्यमएवं केही सक्रियउपभोक्ताअधिकार बादी संस्थाहरुको उजुरी, गुनासा, एवं सुझावहरुलाई समेत नियमनकारी निकाएले वेवास्तागर्दा बजारमागलतकामगर्ने व्यापारीहरुको एकाधिकार बढ्न गई उपभोक्ताअधिकार कुण्ठित भएको छ । दशै तिहार एवं छठ पर्वको पूर्वसन्ध्यामाबजार अनुगमनलाई कडाइका साथकार्यन्वयनगर्दै आपूर्ती व्यवस्थालाई सहज गराई बजारमाउपभोक्ताहितको क्षेत्रमानियमकनिकायको दरिलो उपस्थितीआवश्यक छ । जिम्मेवार सरकार इमान्दार व्यवसायीएवं जागरुपउपभोक्ताको माध्यमबाट बजार स्वच्छ प्रतिश्पर्धी एवं उपभोक्ता मैत्रिबनाउन सकिन्छ । छिटो भन्दा छिटो बजार अनुगमनको लागि छुट्टै संयन्त्र गठन गरी अनुगमनकार्यलाई नियमितबनाई बजारमाभएको विकृत विरुद्ध राज्यको ध्यानजानआवश्यक छ ।

माधवतिमल्सिना
अध्यक्ष, उपभोक्ताअधिकार अनुसन्धानमंच, बालाजु ।