उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

उपभोग्य वस्तुमा उल्लेख गर्नुपर्ने अनिवार्य कुराहरुः


१. उत्पादकको नाम, ठेगाना र उद्योग दर्ता नम्बर
२. खाद्य पदार्थ र औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल
३. गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर
४. उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव
५. उपभोग्य वस्तुको मुल्य, व्याच नम्बर, उत्पादन र म्याद सकिने मिति
६. इलेक्ट्रोनिक, हार्डवयर तथा यान्त्रिक जस्ता उपभोग्य वस्तुमा सो वस्तुको ग्यारेण्टी मिति र अन्य आवश्यक कुराहरुः
७. प्रज्वलनशील दुर्घटनाजन्य वा सजिलैसंग टुटफुट हुन सक्ने उपभोग्य वस्तुमा सो वस्तुको सुरक्षाको लागि अपनाउनु पर्ने कुराहरु
८. अन्य
कुनै उपभोग्य वस्तु कुनै निश्चित समय भन्दा अघि प्रयोग गरेमा बढी राम्रो हुने भए, सो कुरा
उपभोग्य वस्तुमा लाग्ने सबै कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्रि मुल्य ।
कुनै उपभोग्य वस्तु प्रयोग गर्नु पूर्व कुनै प्रक्रिया पुरा गर्नु पर्ने भए सो प्रक्रिया र सो प्रक्रिया नपु¥याई सो प्रयोग गर्दा हुने हानी
स्वस्थ्यलाई हानी पु¥याउने खालका पदार्थहरुको लेवलमा अनिवार्य रुपमा यसको सेवन स्वास्थ्यको लागि हानिकारक छ भन्ने चेतवनी उल्लेख गर्नु पर्नेछ ।