उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

नारायणगढ–मुग्लिक सडक खण्ड समयमा सम्पन्न नहुदा आम नागरीकलाई कष्ट


२५ कात्तिक, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । सडकखण्डअन्तर्गतको सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउनका लागि सवारी आवागमन रोकिएको हो ।

नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडक खण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ ।

आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न अनुरोधसमेत गरेका छन् ।

भोलि आइतबारदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ ।

भोलिबाट एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो ।

निर्धारित समयमा सडकको काम नसकिएपछि आगामी फागुनसम्म म्याद थपेर काम हुँदै आएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।