उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। 

आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
आइतबार पनि चाँदी १४ सय रुपैयाँमा नै किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।