उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

बजारमा के समस्या छन् त


उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले बजारमा डेढ दशकपहिले अनुगमनमा जुन खालका समस्या थिए अहिले पनि त्यस्तै समस्या भएको बताउनुहुन्छ । विगतमा जस्तै अहिले पनि बिलबीजक, व्यवसाय दर्ता, नवीकरण, मूल्यमा, गुणस्तरलगायतकै विषयमा मात्रै अनुगमन हुने गरेको उहाँको भनाइ छ । “हरेक पटक हुने एकै प्रकारको अनुगमनमा ९० प्रतिशतमा कुनै न कुनै समस्या छ भने कसरी सुध्रिएको मान्न सकिन्छ ?” उहाँको प्रश्न छ ।
सङ्घीय सरकारअन्तर्गत रहेको उपभोक्ता संरक्षण विभागले नीतिगत तहमा दबाब सिर्जना गर्नेगरी बजार नीति, आपूर्ति नीति, उपभोक्ता नीति, बजारको तह निर्धारण गर्ने र अत्यावश्यक वस्तुको मूल्य निर्धारण गर्नेलगायतका काम नगरेर खाली कर्मकाण्डी काम मात्रै गर्दै आएको अधिकारकर्मी तिम्लिसेनाले आरोप लगाउनुभयो