उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

सुनको भाउ प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँ पुग्यो


नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्ने क्रम जारी छ। आइतबार प्रतितोला १ हजार रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोलामा ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको थियो। 

आइतबारको तुलनामा आज चाँदी तोलामा १० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।