उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा स्थिर,चाँदी भने घट्यो


 

सुनको मूल्य बिहीबार स्थिर छ।अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा भने अघिल्लो दिनको मूल्य प्रतितोला एक लाख ४ हजार ५ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबारको भन्दा चाँदी तोलामा २० रुपैयाँले घटेको हो। चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण भएको छ।

अन्तराष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य बिहीबार पुन : बढेको हो। बुधबार प्रतिऔंस १८८९.१ डलर रहेको सुन बढ्दै प्रतिऔंस १९०९.१६ डलर भएको छ। चाँदीको मूल्य बिहिबार घटेको छ। चाँदी प्रतिऔंस २३.९५ डलरबाट घटेर २३.४१ डलरमा कारोबार भइरहेको छ।