उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

साताको पहिलो दिन प्रतितोला दुई सयले बढ्यो सुनको भाउ


साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबारको छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।