उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्‍य, चाँदीको स्थिर


सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।twitter sharing button