उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

नष्ट गरियो ११ सय ४० किलो मह


कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ सय ४० किलो अखाद्य मह नष्ट गरेको छ।

प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार सो परिमाणको मह ७६ वटा डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो।

विभिन्न हानिकारक तत्त्व मिसाएर बनाइएको सो महको बजार मूल्य दुई लाख ८५ हजार रूपैयाँ रहेको प्रहरीले जनाएको छ।