उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

अहिलेकै हाराहारीमा चैतमा मूल्य वृद्धि रहने सर्वसाधारणको अनुमान


अहिले (पुस) कै हाराहारीमा चैतमा पनि मूल्य वृद्धि कायम रहने सर्वसाधारणको अनुमान रहेको छ। 

राष्ट्र बैंकले नियमित रुपमा सर्वसाधारणसँग सर्वेक्षण गरेर प्रकाशित गर्दै आएको प्रतिवेदनले यस्तो देखाएको हो। 

गत असोजमा गरिएको यस्तो सर्वेक्षणमा तीन महिनापछी (पुस, २०७९)मा औसतमा १० प्रतिशत र एक वर्षपछी अर्थात् (असोज, २०८०मा) हाराहारीमा मूल्य वृद्धि हुने अनुमान सर्वसाधारणको थियो। 

पुसमा फेरी गरिएको सर्वेक्षणले अब चैतमा पनि मूल्य वृद्धि १० प्रतिशत हाराहारी रहने र एक वर्ष (पुस २०८०) मा १२ प्रतिशत हाराहारी रहने अनुमान गरेका छन्। सर्वेक्षणमा ६० बजार क्षेत्रका दुई हजार १० जनासँग यस्तो सर्वेक्षण गरिएको थियो। 

 

राष्ट्र बैंकले भने केही समय अघि प्रकाशित गरेको प्रतिवेदनले साउनदेखि पुस सम्ममा औसत ८.०२ प्रतिशत मूल्य वृद्धि रहेको तथ्यांक सार्वजनिक गरेको थियो। सर्वसाधारण भने पुसमा १२ प्रतिशत मूल्य वृद्धि रहेको अनुमान गर्छन्।

राष्ट्र बैंकले यो आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत मूल्य वृद्धि सात प्रतिशतको सीमामा राख्ने लक्ष्य रहेको छ।