उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आयो, डिजल लिटरमा ६ रुपैयाँ घट्दा पेट्रोल लिटरमा २ रुपैयाँ सस्तो


भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ।

यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँ बढाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ। सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको भाउ बढाएपछि यसअघि निगम १५ दिनमा ९ करोड रुपैयाँ नाफामा गएको थियो। बिहीबारको नयाँ मूल्यसूचीपछि भने निगम १ अर्ब रुपैयाँ हाराहारी नाफामा जाने देखिएको छ।

भारतबाट मूल्य घटेर आएपनि निगम पेट्रोलियम पदार्थको मूल्य नेपाली बजारमा घटाएर बेच्ने पक्षमा देखिँदैन। बक्यौता तथा ऋण तिर्न बाँकी रहेको भन्दै निगमका अधिकारी मूल्य घटाउन चासो देखाएका छैनन्