उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?


शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। 

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  

 

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।