उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

पेट्रोलियम पदार्थको आयातबाट मात्रै चालु आवको ७ महिनामा साढे १ खर्बभन्दा धेरै पैसा बाहिरियो


 नेपालमा चालु आर्थिक वर्षको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै १ खर्ब ५६ अर्ब ६९ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागको तथांक अनुसार चालु आवको सात महिनाको अवधिमा पेट्रोलियम पदार्थ ग्यास, पेट्रोल र डिजलको आयातमा मात्रै १ खर्ब ५६ अर्ब ६९ करोड रुपैयाँ देश बाट बाहिरिएको छ।

यसबाट सरकारले ५५ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ।

विभागका अनुसार सात महिनामा कुल ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजलमात्र आयात भएको छ। यसबाट सरकारले २८ अर्ब २५ करोड ५७ लाख बराबरको भन्सार शुल्क मात्र संकलन गरेको छ।

यो सात महिनामा ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल नेपाल आयात भएको छ। यसबाट सरकारले २१ अर्ब ९३ करोड बराबरको भन्सार शुल्क संकलन गरेको छ।

डिजल ६ लाख ७९ हजार ८०२ किलोलिटर र पेट्रोल ३ लाख ८७७ हजार ६५१ किलोलिटर आयात भएको छ।

यसैगरी यो सात महिनामा ३३ अर्ब ३४ करोड बराबरको २९ करोड ३९ लाख २२ हजार १७६ केजी ग्यास आयात भएको छ। यसबाट सरकारले लगभग ६ अर्ब २१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।